हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रमिलाले आर्ट, कल्चर एण्ड म्युजिक सर्वोत्कृष्ट अवार्ड चुुमिन

काठमाडौं ।
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ पिर नभाको को छ र गीतका गायिका रमिला न्यौपानेले जित्न सफल भएकि छन ।
काठमाडौमा भएको उतm कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गीत संगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान प्रदान गरिएको थियो
कार्यक्रममा आयोजक कमिटीका अध्यक्ष सूर्य चन्दले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्दै अवार्डका हिसाबले फरक तर ललितकलाका ५ वटै विधालाई समेटेर आयोजना गरिएको पहिलो अवार्ड भएको बताएका थिए ।

अवार्डको आयोजक कमिटिका सल्लाहकारहरु वरिष्ठ लेखक, निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी, निर्देशक तथा अभिनेता दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रङ्गपत्रकार विदुर गिरी, वरिष्ठ सौन्दर्यविद् सोनी कारञ्जित, निर्देशक समुन्द्र भट्ट, रहेका थिए ।

आयोजक कमिटीमा भने अध्यक्ष सूर्य चन्द, कार्यक्रम निर्देशक सुमन पण्डित, कार्यक्रम संयोजक सबिता पोखरेल, सदस्य सचिव सन्दिप महत, सदस्य वर्षा खनाल, सदस्य कविराज ढकाल, सदस्य एलिना खनाल, फोटोग्राफर बद्री थापा, भिडियोग्राफी सुरेश पन्त रहेका थिए ।

त्यसै गरी कल्पना आङबुहाङ,,सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भिडियो निर्देशन रोशनी केसी, पपुलर राष्ट्रिय भावको गीत भिडियो निर्देशक सन्तकुमार राई, सर्वोत्कृष्ट पप गायक सन्दिप न्यौपाने, सर्वोत्कृष्ट पप गायिका सहिमा श्रेष्ठ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक पप लोक आधुनिक इन्द्र दोङ लामा,सर्वोत्कृष्ट मोडल पप लोक आधुनिक भोजराज शर्मा,सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला पप लोक आधुनिक अनिता गिरी, सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी सुमित्रा गुरुङ,सर्वोत्कृष्ट भिडियो निर्देशक महिला लोकदोहोरी बबिता श्रेष्ठ लगायत ४४ जनालाई अर्वाड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation