भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

नेता पौडेल : पार्टीको निर्णय स्विकार नगरे निर्वाचन जित्न सकिदैन

तनहुँ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको निणयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्।
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिए ।

‘निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिदैन।’
निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे।

‘निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त बुझने भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘ भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस्।’
आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा प्रस्तुत गर्दै पौडेलले सधैँ भरी प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे।

‘कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ। म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ। गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ। तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने।

नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरुलाई सुझाव दिए।
‘सामाजिक सञ्जालमा मनपरी नगर्नुस्। तपाईँले सामाजिक सञ्जालमा केही लेख्नुभो भने तपाईंको उन्नतीको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रुपमा सुरक्षित हुन्छ।’

अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरु कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताए।
‘एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका छन्। त्यसलाई हामीहरुले उदाङ्गो पार्न सकिरहेका छैनौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation