दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

नेपाल यूएईसँग ९९ रनले पराजित

काठमाण्डौ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई सँगको एकदिवसीय क्रिकेटमा नेपाल ९९ रनले पराजित भएको छ ।
यूएईले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल ओभरमा अलआउट हुँदै एक सय तीन रनमा सीमित भयो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यस्तै आरिफ शेख र सोमपाल कामी समान १५र१५ रन बनाएर आउट भए । बलिङतर्फ यूएईका जुनेद सिद्दिकीले चार विकेट लिए । यस्तै काशिफ दाउद र अहमद राजाले समानदुई–दुई विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रन बनायो । यूएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन, करण केसी र सोमपाल कार्मीले दुईरदुई तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । विश्व क्रिकेट लिग–२ मा ११ खेलमा १० अङ्कसहित नेपाल छैटौँ स्थानमा छ । यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ । तर लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation