हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

विभिन्न कारण देखाउँदै चन्द्रौटा खानेपानीको निर्वाचन स्थगित


कपिलवस्तु ।
कोभिड संक्रमणका कारणले थलिएको अर्थतन्त्र , होलि लगायतका पर्व र लगातारको बिदाका कारण चन्द्रौटा खानेपानी सस्थानका उपभोक्ताले बुझाउनु पर्ने महसुस समयमै बुझाउन नसकेकाले अर्को निर्णय नहुदा सम्मका लागि निर्वाचन सम्बन्धि गतिविधि स्थगित गरिएको छ ।

अध्यक्ष मन्डलका जेष्ठ सदस्य मधु पोख्रेलको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसि अर्को निर्णय नहुदा सम्मका लागि निर्वाचन सम्बन्धि सबै गतिविधि र प्रकृया रोक्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी मानव जिवनका लागी अपरिहार्य रहेको र त्यो भन्दा महत्त्वपूर्ण सस्थालाइ गतिशीलता दिन निर्वाचनमा उपभोक्ताको सहभागिता र मतदानको अधिकार रहेकोले अबिलम्ब महसुल बुझाइ मतदानमा भाग लिन आग्रह गरेको छ ।

निर्वाचन प्रकृया रोकि महसुल बुझाउने समय थप गर्ने छलफल प्रभावित पारी अन्तिम नामावली टास गर्ने निर्वाचन मण्डलका संयोजकको हर्कत लाई निर्वाचन गर्न बनेको अध्यक्ष मण्डलका बहुमत सदस्यले खेद प्रकट गर्दै आपत्ति जनाएका छन ।

यता यो निर्णय भए सङै अधिकाम्स राजनीतिक दलले निर्णयको स्वागत गरेका छ्न । समय थप्नु र महसुस बुझाउन उपभोक्तालाई समय दिइ निर्वाचनमा मताधिकारको वातावरण निर्माण गर्नु सहि कदम भएको दलहरुले बताएका छ्न ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation