हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रुसी राष्ट्रपति कार्यालय : रुस र युक्रेनका राष्ट्रपतिबीच वार्ता गर्ने समय भइसकेको छैन

एजेन्सी ।
रुसी राष्ट्रपतिको कार्यालयले रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताको प्रस्ताव गर्नुभएकोमा रुसी राष्ट्रपतिको कार्यालयले सिधा वार्ताको बेला भइनसकेको बताएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गर्नुभयो । उहाँहरूका बीचमा वार्ता हुनेगरी परिपक्व वातावरण बनिनसकेको उहाँको भनाइ छ ।

शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने भन्दै उहाँले ती त्यस्तो केही नभएको बताउनुभयो । वार्तामा के–के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत देखिएपछि मात्रै राष्ट्रपतिस्तरीय वार्ता सान्दर्भिक हुने उहाँको भनाइ छ ।

गएको फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । आक्रमण पछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निष्कर्ष निस्कन सकेको छैन । विश्व समुदायले दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation