हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अस्पतालबाट भागेका थुनुवा पक्राउ

बर्दिया ।
लागू औषधको मुद्दामा पक्राउ परेका थुनुवा मंगलबार बिहान अस्पतालमा उपचारका लागि गएको समय फरार भए लगतै पक्राउ परेका छन् । मधुवन नगरपालिका–५ का २८ वर्षीय भरत केसी शौच जाने बहानामा अस्पतालबाट फरार भएका थिए ।

उनलाई गुलरिया–४ तुलापुरबाट पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । अस्पतालबाट फरार केसीलाई पक्राउ गरी हिरासतमा राखिएको प्रनाउ शाहीले बताए ।

उनलाई सोमबार लागू औषधको मुद्दामा अदालतबाट म्याद थप गरी न्यायिक हिरासतमा राखिएको थियो । प्रहरीका अनुसार उनी लागू औषध सेवनले पिसाब थैलीमा समस्या देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation