भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

एमालेमा उम्मेदवारको मापदण्ड : वडाध्यक्षको सिफारिस वडाबाटै, सचिवालयको विधिमा केही हेरफेर

काठमाडौं ।
नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्डमा सामान्य हेरफेर गरेको छ । पोलिटब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गर्ने प्रस्ताव आएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको छ ।

वडा कमिटीले सिफारिस गर्ने र त्यसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने गुरुङले बताए । त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रस्ताव छ । वडा र पालिका कमिटीहरूको अपनत्व कायम गर्न र सम्बन्धित निकायका पार्टी कमिटीको राय तथा सिफारिस नै जितको आधार हुने भएकाले केही प्रावधानमा थप गरिएको हो ।

महानगरपालिका र उपमहानगरपालिकका मेयर तथा उपमेयरको निर्णय भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रबाट हुनेछ । उम्मेदवारी निर्णय गर्दा हाल रहेका जनप्रतिनिधिलाई प्राथमिकता दिइने तर त्यसमा उनीहरूको कामको समीक्षा, विकासप्रतिको लगाब, लोकप्रियता र जित्न सक्ने आधारलाई हेरेर निर्णय हुने गुरुङले बताए ।

गुरुङले पार्टीका सबै केन्द्रीय सदस्य आ(आफू मतदाता रहेको भूगोलमा केन्द्रित हुने निर्णयसमेत भएको जानकारी दिए ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation