हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अध्यक्ष ओली : एमाले प्रवेश गर्नेहरूले पछुताउनु पर्देन

काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । आज मङ्गलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूको हित नहुने भन्ने हुनै नसक्ने अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नुभयो, ‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन ।

देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधीनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हित सुरक्षित नहुने भन्ने हुँदैन । सिङ्गै देश सुरक्षित हुन्छ । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’

समाजवादी जनता पार्टी नै एमालेमा समाहित गर्नुभएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दुरदृष्टि नेताको नेतृत्वमा देश निर्माणमा समाहित हुन एमाले प्रवेश गर्नुपरेको बताउनुभयो । त्यस अवसरमा उहाँले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यस्तै अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिबद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताउनुभयो ।

अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरू देशभर रहेकाले पनि आफूलाई यस पार्टीमा प्रवेश गर्न प्रेरित गरेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation