हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रुपन्देहीको तिलोत्तमा अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण नगरपालिका

बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगर’ प्रमाणित भएको छ । नगरपालिकाले विभिन्न सूचकहरु पूरा गरी देशभरमै पहिलो पटक ‘अन्तराष्ट्रिय गुणस्तर प्रमाणित’ प्रमाण पत्र प्राप्त गरेको हो ।

नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको बारे सार्वजनिक गरेको छ ।

मंगलबार नगरपालिकामा एक समारोहको आयोजना गरी नगरपालिकाले उक्त गुणस्तर प्राप्त बारे विस्तृत जानकारी गराएको हो । कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् ।

नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न सो समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि, पत्रकार तथा संचारकर्मीका बीच सो गुणस्तर प्रमाण–पत्र प्रदान गरिएको हो।

सो घोषणा कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पुरागर्ने लक्ष्य सहित अघि बढेर समयमै कार्यसम्पन्न गरि देशमै पहिलोपटक अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए ।

साथै प्राप्त गुणस्तरका लागि सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै नगरप्रमुख घिमिरेले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाइ दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरबासीहरुले समेत यसको गरिमा बचाई राख्न आग्रह गरे ।

सो अवसरमा बोल्दै आइएसवो सर्टिपÞmाइड नेपालका म्यानेजर सुदिप शर्माले गुणस्तर मापदण्ड पुरा गरि नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको बताए। उनले देशभरमा अन्य केहि पालिकाले समेत प्रक्रिया अगाडि बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित ३६ सूचक पुरागरि सो प्रमाणपत्र प्राप्त गरेको बताए।

कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डे लगाएतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरबासीको शिर उच्च बनाएको बताए ।

कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, नगर प्रवक्ता सुरेन्द्र श्री, वडा अध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रम नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत मन्तब्य र सूचना प्रविधि अधिकृत सुदिप ढकालको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation