लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

पारस खड्का दशककै उत्कृष्ट खेलाडी

काठमाडौं ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए ।

कोरोना भाइरस कोभिड–१९० को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला आयोजना भएको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गरेको हो ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।

दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।

पछिल्लो एक दशकमा नेपालको पुरुष क्रिकेट टिमले आईसीसी टी२० विश्वकप खेल्यो । नेपालले सन् २०१४ मा बंगलादेशमा टी(२० विश्वकपमा डेब्यु गर्दा पारसकै कप्तानीमा नेपालले खेलेको थियो । यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि पारसकै कप्तानीमा पाएको थियो ।

पारसकै कप्तानीमा नेपालले सन् २०१९ मा युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र टी२० श्रृंखला जितेको थियो । त्यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको पहिलो श्रृखंलामा नेपालले एक खेल जित्दा पारस नै कप्तानीमा थिए ।

पछिल्लो दशक नेपालले अन्तर्राष्ट्रिय त्रेकमा हात पारेको सबै सफलतामा पारस त्यसको साक्षी दिए । पारसले सर्वाधिक चार पटक पल्सर अवार्डमा समेत उत्कृष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation