


कपिलवस्तुु ।
राप्रपा केन्द्रीय युवा नेता तथा नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल नेकपा एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ । पौडेले एमाले प्रवेश कार्यक्रममा ८ हजार भन्दा बढी नेता कार्यकर्ता प्रवेश गराउँने कार्यक्रम रहेको बताए ।
पछिल्लो समयमा देश भर नेकपा एमाले पार्टी प्रवेशको लहर नै चलेको बेला पौडेलले नेकपा एमालेले गरेका राम्रो काम र अध्यक्ष केपी शर्मा ओलीले देशको लागि गरेको कामले यो पार्टी रोज्ने निर्णय गरेको बताए ।
उक्त कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत्र १४ गते कपिलवस्तुमा आउनु हुने भएको छ ।
वहालवाला संघिय सांसद, प्रदेश सांसद र सत्ता गठबन्धनका जिल्ला एवम माथिल्लो तहका नेता कार्यकर्ता सहित ८ हजार वढीलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लाग्नु भएको हो ।
अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पार्टी प्रवेश कार्यक्रमलाई व्यवस्थित तुल्याउन एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक आज बुद्धभूमिमा बसेको हो । बैठकले उक्त पार्टी प्रवेश तथा कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने योजना बनाएको छ ।
तौलिहवामा हुने पार्टी प्रवेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुने गरी योजना बनाएको एमालेले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटै तहमा यसपाली जित्ने आँकलन गरिएको छ ।
खेमराज पौडेलको यस्तो प्रतिवद्धता यस्तो छ
अध्ययनकाल
मेरो जीवन सामान्य सादा जीवन उच्च विचारको दर्शनमा आधारित छ । त्यही दर्शनकोअनुसरण गर्दै मैले मेरो पढाइमा धेरै कठिनाइहरूलाई पार गर्न सर्वप्रथम भलवाडमा ५ कक्षासम्म, स्वर्गद्वारी आश्रममा प्रथमासम्म, हरिद्वारमा उत्तरमध्यमासम्म, बनारसमा शास्त्रीसम्म साथै उज्जैनबाट ज्योतिष शास्त्रबाट एम। ए।सम्मको अध्ययन पूरा गरेर अहिले पी। एच। डी।को अनुसन्धान गरिरहेको छु ।
सामाजिक जीवनकाल
बिगत १० वर्षबाट समाजमा आउने समस्याको अवस्था के कस्ता हुन्छन् यसका लागि गर्नसक्ने सम्पूर्ण प्रयासलाई मैले गर्दै अग्रसरतामा धेरै अनुभवी नभए पनि केही अनुभव पक्कै प्राप्त गरे जीवन एक सिकाई हो । यसको महत्त्व बुझ्दै सबैसँग हातेमालो गरी प्रत्यक्ष जनतालाई अनुभुति हुने गरी सेवा गर्न मन पर्छ र अहिलेसम्म ५० लाख बढीको अरूसँग हातेमालो गरी विभिन्न समस्याहरू भोगिरहेका जनता र दुस्खीपिडितलाई सेवा गरेको छु । कहीँ कतै अन्यायमा परे पनि रात र आगामी दिनमा नेपाली जनता देशमा मात्रै हैन विश्वमा कही पनि सेवा गरेको पनि छु र गर्ने प्रतिबद्धता पनि गर्न चाहन्छु । व्यक्ति कुनै पनि धारमा होस तर संस्था आफ्नै ठाउँमा हुन्छ व्यक्तिको आफ्नो स्वतन्त्रता हुन्छ ।
आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरूको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता विकास र समाज सेवाका लागि प्रतिबद्ध रहने सोच रहेको छ ।
राप्रपा नेतृत्वको जीवनकाल
विगत ८ वर्षबाट पार्टीमा धेरै अनुभव गरे यो समय एकदमै महत्त्वपूर्ण थियो राजनीति बुझ्न अनुभव गर्नुपर्छ शिक्षा र सिकाई दुबै अपरिहार्य हुन रा।प्र।पा। को केन्द्रीय महाधिवेशनबाट आफ्नो तर्क राख्दै ठूलो, उल्लेखनीय र महत्त्वपूर्ण काम गर्ने सोचले गर्दै गरेँ ७७ वटै जिल्लामा पहिलो कैयौं संगठन निर्माण र पत्रकारिताको क्षेत्रमा पनि पार्टीलाई स्थापित गराएँ तर शिर्षस्थ नेतृत्वले नबुझ्ने र तल्लो तहकाले माथि जान्छ भन्ने मनसायले बुझेनन् र पार्टी पनि कहिले टुट्ने र फुट्ने समय बित्ने नीति र कार्यक्रम पुरै अपरिपक्व र कुनै कार्य नहुने मेरो कुनै व्यक्तिसँग हैन नेतृत्वसँग हो गएको चुनावमा पनि वडाध्यक्षमा उठेँ धेरै सिकियो र अब पार्टीमा साधारण सदस्यसम्म नरहने गरी एउटा गम्भीर निर्णय गरेँ ।
नेकपा एमाले किन किन मनपर्यो
कम्युनिष्ट जन्माउने पनि दुस्खी र मजदुरका नेता हुन एमाले वि। सं। २००६ बैशाख १० स्थापना भएको लोकतन्त्र सारथी कांग्रेस पनि हो तर यसमा उद्देश्य पुरा गर्न पहिलेका जस्ता नेता राष्ट्रप्रेमी र विकासप्रेमी नहुनु हो जो कि एमालेमा जनताको बहुदलीय जनवाद मैले पहिला र अहिले पनि जननेता मदन भण्डारी जस्तै केपी ओली ज्यु पाएँ राष्ट्रियता र विकासको दिशातिर अग्रसर हुने नेता यसकारण एमाले मन पर्यो उहाँको ुसमृद्ध नेपाल र सुखी नेपालीु को एमालेको उद्देश्य यो उपयोग गरेर हाम्रो देशलाई पनि अरु देश जस्तै बनाउन सकिन्छ, हाम्रै जीवनकालमा यो नेपाल भन्ने देशलाई समृद्ध देश बनाउन सकिन्छ ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका महत्त्वपूर्ण कार्यहरू
१. नाकाबन्दीको विरोध ।
२. चाइनासँगको पारवहन सन्धी ।
३. तराई मधेस समृद्धि कार्यक्रम ।
४. तुइन विस्थापन ।
५. सामाजिक सुरक्षामा वृद्धि ।
६. अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्मानित उपस्थिति ।
७. चुच्चे नक्शा जारी ।
८. पुनः निर्माणको काम ।
९. सडक मानव रहित बनाउने काम ।
१०. रेल मार्गको तयारी र विस्तार ।
११. स्वास्थ्य बिमा र हरेक पालिकामा अस्पताल । हरेक प्रदेशमा मेडिकल कलेज र ट्रमा सेन्टर ।
१२. राष्ट्रिय मार्गहरूमा स् पहाडी, मध्य पहाडी, मदन भण्डारी, हुलाकी मार्ग, ६ लेण्ड राजमार्ग, उत्तर दक्षिण मार्गहरू र सुरूङ मार्गहरूको निर्माण प्रक्रिया प्रारम्भ ।
१४. पोखरा, भैरहवा, विराटनगर, काठमाडौ, सिमरा, लगायत विमानस्थल सुधार र निर्माण प्रक्रिया ।
१५. पुर्न निर्माण रानीपोखरी, घण्टाघर धरहरा आदि निर्माण ।
पुनः समाज र राष्ट्रियताको लागि सदैव जीवन दिने प्रतिवद्धता छ