हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

उपमेयर अर्याल : प्राकृतिकले निशुल्क दिएको अमुल्य चिजलाई संरक्षण गर्नुपर्छ

सुनिल आचार्य, कपिलवस्तु ।
प्राकृतिकले निशुल्क रुपमा दिएको अमुल्य चिजलाई संरक्षण गर्नु हामी सबैको दायित्व भएको बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताएका छन् । शुद्ध पिउने पानी नै मानवको जिवन भएको बताउँदै मानव जिवनका लागि शुद्ध पिउने पानीको महत्वलाई आम नागरिकले बुझ्न आबश्यक देखिएको बताए ।

“भूमिगत जलश्रोतको संरक्षण र सदुपयोग गरौं” भन्ने मुलनाराका साथ सम्पन्न बिश्व पानी दिवसको अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै उपमेयर अर्यालले यस्तो बताएका हुन ।
यसैगरी प्रत्येक बर्ष पानीका मुहानहरु सुक्दै गईरहेको हुँदा जल श्रोतलाई संरक्षण गर्न सबै लाग्न जरुरी देखिएको बताए । राज्यको पोलिसी अनुसार प्रदेश सरकारले एक घर एक धाराको अवधारणा ल्याएको छ । यस नगरपालिकाले वासको कार्यबिधि निती बनाएर रणनिती योजनाहरु निर्माण गरेको हुँदा नगरपालिकाले केही बर्ष भित्र नगरवासीहरुलाई शुद्ध पिउने पानी बितरण गर्ने लक्ष रहेको बताए ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख कमल पन्तले जथाभावि उत्खननले गर्दा पानी जमिनको तल्लो सतह सम्म पुग्न नपाउने , पानी बाहिर बगेर गैरहँदा पछिल्लो समय पानीका मुहानहरु सुक्दै आएको बताए । जल श्रोतलाई बृद्धि गर्न चुरेक्षेत्रलाई संरक्षण गर्न आबश्यक देखिएको छ चुरे क्षेत्रलाई संरक्षण गर्न नसके पानीको लागि ठुलो समस्या हुने बताए । चुरे संरक्षणका लागि तिन तहका सरकार , बिभिन्न संघ संस्थाहरु आ आफ्नो क्षेत्रबाट लाग्न जरुरी देखिएको उनको भनाई छ ।

यस्तै वडा न।। ९ का वडा अध्यक्ष एवं वासका नगर संयोजक धु्रव बेल्वासेले शुद्ध पिउने पानीलाई शुद्धिकरणका लागि नगरपालिकाले योजना बनाएर कार्यहरुलाई अगाडी बढाउँदै आएको बताए । यस नगरपालिका भित्र २१ वटा खानेपानी उपभोक्ता समितीहरु गठन गरि खानेपानी आयोजनाहरु संचालन गरिएको छ भने नगरवासीहरुलाई खानेपानीको बिस्तार गरिंदै आएको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले मानव जिवनका लागि शुद्ध पिउने पानी महत्वपुर्ण भएको बताए । उनले ८० प्रतिशत रोगहरु शुद्ध पिउने पानीबाट निको हुने भएको हुँदा सबैलाई शुद्ध पानी पिउन आग्रह गरे ।

कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षतामा महासंघका उपाध्यक्ष राधिका पन्थको स्वागत तथ सचिव चेतनारायण भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका वडा नं १ का वडा सदस्य झलक बहादुर मल्ल ठकुरी , शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई , प्रशासन शाखा अधिकृत केशवराज भट्टराई , कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक प्रसाद घिमिरे , संचारिका समुहका जिल्ला अध्यक्ष पार्वती आचार्य , उपभोक्ता महासंघ जिल्ला शाखाका पदाधिकारीहरु , बाणगंगा नगरपालिका भित्रका खोनेपानी उपभोक्ता समितीका पदाधिकारीहरु , ईकाई समितीका पदाधिकारीहरु बिभिन्न संघ संस्थाका प्रतिनिधी संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा ४ नं चोकदेखी प्लेकार्ड सहितको ¥याली बजार हुँदै कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation