हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

प्रचण्ड : माओवादीले हारे संघीय लोकतान्त्रिक गणतन्त्र सकिन्छ

जनकपुरधाम ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले माओवादीले हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने दाबी गरेका छन्।

जनकपुरधाममा मंगलबार चुनाव लक्षित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र अन्तरराष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको समेत बताए।

अध्यक्ष प्रचण्डले बोल्दै आगामी निर्वाचन अन्य दलका लागि निर्वाचन हुन सक्छ तर हाम्रा लागि लडाइँ हो। त्यसैले लडाइँकै हिसाबले तयारी गर्नुस्। गठबन्धन गरेर चुनाव जितौँला भन्ने मानसिकता बदल्नुस्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रूपमा लिन नेता(कार्यकर्तासँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले सोहीअनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशन दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीकै कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेको र समानुपातिक, समावेशिता लागू भएको चर्चा गरे।

अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा धाँधली गर्नेहरूलाई प्रतिकार गर्न, नंग्याउन र परास्त गर्नसमेत प्रचण्डले निर्देशन दिए। प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी जित्नैपर्ने समेत बताए।

अध्यक्ष प्रचण्डले संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको दाबी गरे।

देशमा माओवादीलाई हराउन ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै उनले कांग्रेसले आफ्ना नेता(कार्यकर्ता एमालेमा पठाउनुको फण्डा के हो भनेर प्रश्न तेर्स्याए। उनले देशमा भएको ठूलठूला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको बताए।

अध्यक्ष प्रचण्डले काठमाडौंबाट आफू पराजित भए पनि सिरहाबाट विजयी भएर दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाएको बताए।

माओवादी केन्द्रका मधेश प्रदेश प्रदेश इन्चार्ज गणेश साहको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामकुमार शर्मा, दिलिप साह लगायत सहभागी थिए।

त्यस्तै प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने नेतारकार्यकर्ताबाट व्यवस्थापन शुल्क भन्दै २ सय र जनप्रतिनिधिबाट २ हजार रुपैयाँ उठाइएको छ।

प्रदेशदेखि पालिकास्तरसम्मका नेता र जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर काठमाडौंबाट आएका हुन्। उक्त शुल्क तिर्नेहरूले मात्रै प्रवेश कार्ड प्राप्त गर्छन्। प्रवेश कार्डबिना भित्र छिर्न पाइँदैन। प्रशिक्षणमा करिब २ हजारभन्दा बढी नेतारजनप्रतिनिधि सहभागी छन्।

आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा मधेशका प्रभावशाली नेता एवं स्थायी समिति सदस्य मात्रिका यादव उपस्थित भएनन्। नेता यादव कार्यक्रममा नआउँदा दुस्ख लागेको प्रचण्डले बताए। उनले भने, ‘असन्तुष्ट रहे पनि उहाँ कार्यक्रममा आउनुपर्थ्यो तर आउनु भएन। यो दुस्खको कुरा हो।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation