लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

दाङका दुई पालिकाद्धारा आफ्नै लगानीमा अस्पताल सञ्चालन

दाङ ।
दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५र१५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको जनाएका छन् ।

बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । अस्पतालले स्वास्थ्य जाँच, भिडियो एक्सरे लगायतका सुविधा निस्शुल्क प्रदान गर्दै आएको छ । यस्तै प्रसूति, ल्याब परीक्षण सुविधा पनि रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्नै लगानीमा अस्पताल सञ्चालन गरेको छ । अस्पतालमा ओपीडी, ल्याब परीक्षण, भिडियो एक्सरे, कोरोनाका बिरामीहरूको उपचार गरिँदै आएको छ । अस्पताल प्रसूति र अप्रेशन थिएटर पनि सञ्चालनको तयारीमा रहेको छ ।

गाउँमै निस्शुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी पनि खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation