


राम अवतार चाैधरी कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा ८९ महिलालाई पाैष्टिक आहार वितरण गरिएकाे छ । वडा नम्बर १० मा मंगलबार वडा भित्रका ६ महिनाकाे सुत्केरी र नियमित गर्भवती जाँच गराएका महिलाहरुलाई पाैष्टिक आहार प्रदान गरिएको कार्यालयले जनाएको छ ।
महिलाहरुकाे स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडाभित्रका सम्पूर्ण सुत्केरी तथा गर्भवती महिलालाई १ किलो च्यावनपरास सहित ३ प्याकेट काजुबदाम वितरण गरिएको जनाइएको छ ।
वडा अध्यक्ष मञ्जु मिश्रले कार्यक्रमलाई सम्बाेधन गर्दै सुत्केरी र गर्भवती महिलाहरूको अवस्था कमजोर हुने भएकाेले पाैष्टिक आहार आवश्यक रहेकाे बताइन् । ग्रामीण भेगका महिलाहरुमा अशिक्षा र चेतनाको कमीले पाैष्टिक आहारबारे उचित जानकारी समेत उनले गराइन् । महिलाहरुलाई नियमित रुपमा ध्यान पुर्याउने उद्देश्यले कार्यक्रमलाई लागु गरिएको अध्यक्ष मिश्रले बताइन् ।
यस अवस्थामा आफ्नो र बच्चाकाे स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि पाैष्टिक आहार नियमित खान उनले अनुराेधसमेत गरिन् । अध्यक्ष मिश्रले स्वास्थ नै सबै भन्दा ठुलाे धन भएकाे बताउँदै सबै महिलालाई सरसफाइमा बढी ध्यान दिनुपर्नेमा जाेड दिइन् । नियमित गर्भ जाँच, सरकारले उपलब्ध गराएकाे सबै प्रकारका औषधी सेवन र बच्चालाई खाेप लगाउन वडाध्यक्ष मिश्रले आग्रह गरिन् ।