


कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा ११ ओदारीमा बीभत्स तरिकाले सवारी दुर्घटना भएको छ । आइतबार साझ जिल्लाको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना युवाको घटनास्थलमै निधन भएको हो । दुर्घटनाबाट बाणगंगा नगरपालिका वडा नम्बर ११ का अनिल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मोटर साइकललाई दक्षिणबाट उत्तर आउदै गरेको भारतीय ट्रकले मगरलाई ठक्कर दिएको हो । उनलाई ट्रकले ठक्कर दिएर ५० मिटर घिसार्दै लगेको प्रत्यक्षदर्शीले बताए । उनको शरीर क्षतबिक्षत भएको छ । अहिले स्थानीयले घटनास्थलमा घटनाको बिरोध गरेका छन् ।
दुर्घटना पछि स्थिति तनावग्रस्त भएको छ ।प्रहरीले बिहान ७ बजे सम्म कर्फ्यु जारी गरेको छ ।
चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । स्थानीय घटनाको बिरोधमा उत्रिए पछि स्थिति तनावग्रस्त बनेको छ । अहिले प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको छ ।