दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

ओली : केन्द्रमा मात्र बहुमत ल्याएर काम गर्न सकिदैन

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रमा मात्रै बहुमत ल्याएर काम गर्न नसकिने भएकाले स्थानीय तहमा अधिकतम जित अत्यावश्यक भएको बताएका छन्।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सत्ता पक्षबाट जनविरोधी प्रचार भएका छन्। तर, हामी मुख्य शक्ति र मूलधार भएकाले आजको समस्या र चुनौतीलाई समाधान गर्ने उत्तरदायित्व हाम्रो हो। देशलाई समृद्ध नेपाल सुखी नेपालीको स्थानसम्म पुर्‍याउने अभिभारा हाम्रो हो।’

जनतासँग प्रत्यक्ष जोडिएको भएकाले स्थानीय तहमा जित हासिल गर्नुपर्ने भएकाले चुनावमा लाग्ने नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

ओलीले नेताहरूलाई निर्देशन दिँदै भने, ‘आगामी निर्वाचन महत्वपूर्ण छ। केन्द्रमा एमालेको सरकार बनेपछि जनताको घरदैलोसम्म विकास पुर्‍याउने स्थानीय सरकार नै हो। त्यसलै स्थानीय तहमा जित हासिल गर्न सकेनौँ भने केन्द्रमा बहुमत ल्याएपछि सहज हुँदैन।’

लोकतान्त्रिक प्रणाली कामय रहने जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए। देशलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउनु जोड दिए।

‘स्थानीय तह निर्वाचनअघि अर्को बैठक बस्दैन। यो बैठकले स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गर्नुपर्ने छ। त्यसका लागि संगठनात्मक र प्रचारात्मक र अरू कसरी जनपरिचालन गर्ने त्यसतर्फ ध्यान दिनुस्’ ओलीको भनाइ छ। कम्युनिष्ट पार्टीहरूको रुपमा एमाले नभएर देशकै ठूलो पार्टी भएको दाबी गरे।

चुनाव लक्षित एप

एमालेले चुनाव लक्षित मोबाइल एप सञ्चालनमा ल्याउन लागेको उनले बताए। ओलीले भने, ‘भोलिको बैठकमा एप्स सार्वजनिक हुन्छ। चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका हामीले यो एपलाई ल्याएका हौँ।’

उनले नवौं महाधिवेशनमा करिब ८ लाख ५५ हजार संगठित सदस्य भए पनि निर्वाचनको मुखमा पुग्दा करिब ११ लाख नाघेको दाबी गरे। एमाले प्रवेशको लहर नै चलेको दाबी गर्दै प्रचारलाई व्यवस्थित गर्न एपको प्रयोग ल्याउन लागेको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation