हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गृहमन्त्री खाण : सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको छ

कपिलवस्तु ।
गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै उनले कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उनले जानकारी गराए ।

उनले एमसिसी राष्ट्रको हितमा रहेको भन्दै सेना आउनेमा कुनै सत्यता नरहेको बताए । मन्त्री खाणले स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्न भएकाले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । उनले सीमा क्षेत्रमा शान्तिसुरक्षाको विश्वसनीय वातावरण बनाउन थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने उल्लेख गरे । उनले लुम्बिनी प्रदेशमा ४१ विओपि स्थापना भइसकेका र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताए ।

कूल ५० बिघा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिट रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले बताए । विसं २०५७ देखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तरोन्नति भई वाहिनीका रुपमा स्थापना गरिएको थियो ।

कार्यक्रममा संघीय संसद् अभिशेख प्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडिया, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation