लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

राप्रपा अध्यक्ष लिङ्देन सहित अन्य केही नेता चैत्र १६ गते कपिलवस्तु आउदै

जितपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न यहि चैत्र १६ गते अध्यक्ष लिङ्देन कपिलवस्तु आउनु लाग्नु भएको हो ।

अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप महानगरपालिका मेयर डा धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेता यही चैत्र १६ गते बुधबार कपिलवस्तु आउने कार्यक्रम तय भएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनसार सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु हुने छ । केन्द्रिय सदस्य रायमाझीले आमसभामा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई आह्वान समेत गर्नुभएको छ ।

कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation