हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लगातार चौथो पटक कनकमुनिलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

कपिलवस्तु ।
लगातार चौथो बर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शील्ड जितेको छ । लगातार ३ पटक कप जितेर शील्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शील्डमा जीतको चौका हानेको हो । १७ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी कुल २२ पदक जितेको हो । जितसंंगै कनकमुनीले १२ हजार नगर र शील्ड प्राप्त गरेका हो ।

यस्तै ३ स्वर्ण, ७ रजत र १ कास्य जित्दै तौलेश्वरनाथ संस्कृत माबि दोश्रो र २ स्वर्ण , २ रजत र १ एक कास्य पदज जित्दै रत्नराज्य उमाबि तेश्रो भएको छ । संस्कृतले ८ हजार र रत्नराज्यले ६ हजार नगद प्राप्त गरेको थियो ।

५ स्वर्ण जितेका कनकमुनीका छात्र सुदीप थारु र ४ स्वर्ण जितेकी कनकुमनी कै छात्रा मनिषा केसी उत्कृष्ठ खेलाडी घोषित भएका थिए । बिजेता टोलीलाई कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंह र उप मेयर लक्ष्मी साउ ग्प्ताले पर्ुस्कार र प्रमाण पत्र बितरण गरेको थिए ।

सो अवसरमा महामन्त्री आचार्यले खेल र खेलाडी तर्फ सरकारले लगानी बढाउनदै जाुन पर्ने बताए । उनले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकोले पनि उनीहरुलाइृ प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नु पर्ने बताए ।

सो अवसरमा मेयर सिंहले कपिलवस्तु नगरपालिकाले खेल र खेलाडीको विकासकालागि सक्दो प्रयास गरेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रकालागि लागनी बढाउदै लाने उनले बताए ।

कार्यक्रममा उप मेयर गुप्ता कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लागतयले शुभकामना मन्तब्य दिएका थिए । खेल चार दिन सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation