हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अपहरणमा परेको नाटक गरी ५० लाख फिरौती माग्ने युवा पक्राउ

दाङ ।
आफू अपहरणमा परेको नाटक गरि आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई दाङमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरि प्रसाद रिजालको ड्राइगन फ्रुट कृषि फर्ममा काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमिलिया जङ्गलबाट नियन्त्रणमा लिई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो

। देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । आफू अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटालाई सिध्याइदिने धम्की दिएका थिए ।
फागुन २७ गते फर्ममा प्लाष्टिकको पाइपमा कालो टेपले बेरेर बम जस्तो बस्तु राखेका थिए । उक्त बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र स्वयंले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा नो एमसीसी लेखेको पत्र राखेका थिए । लगत्तै चैत्र ६ गते देवकोटा तुलसीपुर बजार जान्छु भनी निस्काएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए ।

बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई तपाईंको बूढो हामी सँग सुरक्षित छ हामी एउटै पार्टीका रहेछौ हजुर आफू सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजाल सँग बदला लिनु छ भनेर मोबाइलमा म्यासेज लेखेर सम्पर्क विहीन भएका थिए ।
त्यसपछि प्रहरीले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदय सापकोटाको टोली उद्धार र अनुसन्धानमा खटेको थियो ।

देवकोटाले रिजालको घर व्यवहारका बारेमा सबै बुझेकाले सजिलै सँग पैसा कमाउने सोचले उक्त घटना रचेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

देवकोटा विरुद्ध झुटा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० ९ झुटा अफबाह फैलाउने ० र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम विस्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्दा चल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation