लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलो’ हुने एमालेको निष्कर्ष

काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकलन गर्दा एमालेले चुनावमा बहुमत ल्याउने पनि बैठकको निष्कर्ष रहेको छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको चुनावमा आफ्नो पार्टीले बहुमत हासिल गर्नुपर्ने बताउनुभएको छ । एमालेविरुद्ध भ्रमपूर्ण प्रचारहरू भएको दाबी गर्दै खण्डन गरेर चुनावमा बहुमत हासिल गर्ने गरी तयारी गर्न नेतारकार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

यस्तै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा बहुमत नल्याएमा सङ्घीय सरकार चलाउन पनि समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौँ ।

इतिहासको लोकतान्त्रिक आन्दोलनको विरासत हामीसँग छ । आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हामीसँग छ । यसका लागि स्वाभाविक रूपमा आउँदा चुनावहरू महत्त्वपूर्ण छन् । बहुमत ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation