लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

सिमा नाका खुला भएकोले मानव बेचबिखनका क्रियाकलाप बढ्दो, सचेत हुन आवश्यक

राम अवतार चौधरी कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा महिला हिंसा न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम गरिएको छ । शान्ति पुर्नस्स्थापना गृहको आयोजना र वडा नम्बर ८ को सहयोगमा जनप्रतिनिधि, बालबालिका, आमा समूह बीच प्रशिक्षण गरिएको गृह कृष्णनगरले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर ८ बिसुनपुरमा मंगलबार महिला, बालबालिका तथा किशोरीहरुमा हुने यौनजन्य हिंसाको साथै मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिएको जनाइएको छ ।

शान्ति पुनस्र्स्थापना गृह कपिलवस्तु जिल्ला संयोजक बसन्ती जिसीले विभिन्न बहानामा महिलामाथि हुने हिंसालाई न्यूनीकरणका लागि अहोरात्र खटिरहेको बताइन् । नेपाल भारतको खुला सिमा नाका हुने भएकोले मानव बेचबिखनका क्रियाकलाप बढि हुने गरेको बताउँदै सबैले सचेत हुन आवश्यक रहेको जिकिर गरिन् । अपरिचित, शंकास्पद व्यक्तिमाथि विश्वास नगर्न उनले आग्रहसमेत गरिन् । यौन दुर्व्यवहार, मानव बेचबिखन तथा ओसारपोसार विरुद्धका बारेमा संस्थाले निरन्तर लागिरहेको जिसीको भनाइ छ ।

यस्तै शान्ति पुर्नस्थापना गृहकी निशा गहतराजले कहाँ, कसरी मानव तस्करले महिला तथा बालबालिकालाई झुक्याउने, प्रलोभन देखाउने र मायाप्रेमको जालमा फसाई अन्य देशमा लगेर बेच्ने गैरकानुनी, अमानवीय गतिविधि लगायत विविध विषयमा ४० जना स्थानीयको उपस्थितिमा उनले प्रशिक्षण दिएकी थिइन् ।

यसैबीच वडा अध्यक्ष शंकर अहिरले मानवीय हिंसा, यौन दुर्व्यवहार र बेचबिखन विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताए । यस्ता गैरकानुनी कार्य भइरहेको थाहा पाउने बित्तिकै सम्बन्धित निकायमा जानकारी गराउन उनले अनुरोधसमेत गरे । उक्त कार्यक्रमलाई शान्ति पुनस्र्स्थापना गृहको परामर्श दाता सुशीला खनाल, सुपरभाइजर सिर्जना गौतम लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation