


यो धर्ती तिम्रो पनि हो! अहा तिम्रो सृष्टि कति महतवपूर्ण र अपरिहार्य छ! तिम्रो करुणाले मानवता अडेको छ तिम्रो परिश्रमले संसारमा उज्यालो छरेको छ उज्यालो छर्दैछौ कहिले परिवारको वत्ती बनेर समाजको राको भएर अनि तिम्रो क्षमता छ संसार उज्यालो बनाउने चन्द्रमा र सूर्य जस्तै बनेर त्यसैले त तिम्रो चाहना र रोजाई बीना तिम्रो सृष्टि रचिएको छ! कल्पना गर्न पनि सकिदैन तिमी बीनाको परिवार अनि संसार तर कुण्ठित भएकाछन् तिम्रो क्षमता अनि बौध्दिकता अपार तिम्रो महत्व नबुझ्नेहरु तिम्रो आगमन मै निराश हुन सक्दछन्
तिमीलाई पक्षपात र लगाम लगाउन सक्दछन् तिम्रो कलिलो दिमागमा आफ्नो महत्व बुझ्नै नसक्ने गरी भयको बीउ रोपिदिन सक्दछन्! तिमीलाई नबुझ्नेहरु कानून र संस्कारका धेरा भीत्र सीमित पारिदिन सक्दछन् प्रकृतिले तिम्रो अपार महत्वका साथ सृजना गरेकोछ तर तिम्रो महत्व बुझ्न नसक्नेको कुनै कमी छैन तिम्रो रोजाई बीना यो धर्तीमा आएको बुझिदिने कोही छैन तिमी यो धर्तीमा टेक्दै गर्दा खुसी नहुन सक्छन्। हुर्कदै गर्दा तिमीलाई पक्षपातको आभास आउन सक्छ तिम्रा चहना र आवस्यकताहरु निमोठिन सक्छन्।
तिमी जन्मनु अघि नै तिम्रा लागि बनेका बन्देजहरु लागु हुन्छन्। तिमी निराश हुने भेदभाव पटक पटक दोहोरिन्छन् मुटु बलियो बनाईरहे यो धर्ती तिम्रो पनि हो-२ अनुसासीत भएर अघि बढि रहे अमूल्य मानव जीवन हो।-२ तिमीले सुन्नुपर्नेछ पटक पटक अवमूल्यनका घटनाहरु-२ एसिडले जलाईएका कथाहरु बेचिएकी चेलीका व्याथाहरु युध्द भूमीमा महिलालाई गरेका यौन शोषणका पीडाहरु बलत्कार गरिएकावालिकाका चित्कारहरु चित्कार गर्दै जीवन अन्त्य पारिएका आमाका रोदनहरु तर पनि भयभीत नहुनु , न्यायका लागि एकजुट हुनु यो धर्ती तिम्रो पनि हो -२ सुन्नु पर्नेछ लोभी क्रोधी पूर्वाग्रही अहंकारीले सिकार बनाईएका घटनाहरु दाईजोको नीहुमा जलाईएका युवतीहरु दासता स्वीकार्न वाध्य पारिएका महिलाहरु शोषण र दुरुपयोगमा फसाईएका आमाहरु तर पनि निराश नभै मुटु बलियो बनाउनु है!यो धर्ती तिम्रो पनि हो -२ किनकी यो सृष्टि तिमीले सृजेको हो।
देख्नु पर्नेछ अन्धविस्वासले निम्त्याएका दुरघटनाहरु-२ छौपडी गोठको जोखिमता भोगिरहेका नारीहरु बोक्सीको निहुमा यातना दिदै मृत्यु वरण गरेका हजुरआमाहरु गर्मी याममा पुरै शरिर छोपिएका नारीहरु आफ्नो शरीरमा पनि अरुले अधिकार जमाएका घटनाहरु, वीना कारण शरीर सिलाईएका संस्कारहरु तर पनि दरो गरी धर्तीमा टेक्नु है!किनकी यो धर्ती तिम्रो पनि हो।-२ भोग्न पर्न सक्छ धोका, घृणा र विस्वासघातको अवस्था पनि छोड्न सक्छन
जीवनको पथको बीचबाटोमा साथ दिन्छु भन्नेहरुले पनि निलडाम र अंगभंग हुने गरी यातना दिन सक्छन स्नेह साथ बाच्ने बाचा गर्नेहरुले पनि तिम्रो कलिलो र कमजोर शरीरलाई बलीयाहरुले लडाउन सक्छन् तिम्रा संन्तान सहीत सडकमा पुर्याउन सक्छन। न्यायको आवाज उठाउदा मानसिक रोगी सावित गर्न प्रयत्नगर्छन्। आफ्नै सन्तानलाई पनि टाढा र बिरोधी बनाउन सक्छन्।
अन्याय अत्याचारको कहाली लाग्दो परिवेश भएता पनि विकल्पको खोजी गर्दै बलियो हुनु है कत्तिपनि भयभीत नहुनु यो धर्ती तिम्रो पनि हो किनकि प्रकृतिले तिमीलाई सृजेको हो ! तिम्रो चरित्र र नैतिकतालाई चिन्न नसक्नेहरु तिम्रो मानवीय कारुणीक भाव बुझ्न नसक्नेहरु तिम्रो मेहनत र सम्रपणमा बुझपचाउनेहरु तिमीलाई झुटा आरोप लगाउन सक्छन् घोडा टेकाउन सक्घछन्! घृणा अपमान र आरोपले निराश नहुनु एकजुट भै न्यायका लागि लाग्नू सबै दाजु भाइ,छोरा र वावा जस्तै देखी सत्यका निम्ति हातेमालो गर्नू नैतिकवान बनी अगाडी बढ्नू ! यो धर्ती तिम्रो पनि हो-२ किनकी प्रकृतिले तिमीलाई सृजना गरेको हो सृष्टि तिमीले सृजेको हो। मुटु बलियो बनाई रहे है! यो धर्ती तिम्रो पनि हो।-३ कोमल पौडेल हाल फिन्लायाण्ड