


काठमाडौं ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज केही प्रदेशका पहाडी भू(भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीवार बिहान देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।