भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

दुुर्घटनामा परी बुटवलको जितगढीमा ३० वर्षीय युुवकको मृत्यु

बुटवल ।
बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार करिब १ बजे बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।

बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल तर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालकलाई बुटवल तर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले किच्दा एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइसकिएको उनले बताए । अहिले किच्ने बस, बसका चालक र मोटरसाइकल र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation