वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

बाघको छाला किनबेचमा संलग्न व्यक्ति १६ वर्षपछि पक्र

चितवन ।
सौराहामा बाघको छाला किनबेचमा संलग्न रहेको भनेर फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला र ४१ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका थिए।

पक्राउ परेका गोरखाको सर्दिबास–३ का सुरेन्द्र गुरूङ, सिम्जुङका वीरबहादुर गुरूङ र अन्य २ जना आखेटोपहार किनबेचमा संलग्न रहेको भनेर निकुञ्जले मुद्दा दायर गरेको थियो।

लामो समयदेखि फरार रहेका २ जनामध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरूङलाई भरतपुर–१ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको तिवारीले बताए।

सूचना अधिकारी तिवारीकाअनुसार बाघको छालाको किनबेचमा संलग्न भएको फैसला भएर पनि फरार रहँदै आएका गुरूङलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation