हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पशुपक्षी कल्याणको विषयलाई मिडियाले प्राथमिकता दिँदैन : एनिमल नेपाल

काठमाडौं –  पशु कल्याणको क्षेत्रमा काम गरिरहेको एनिमल नेपाल नामक संस्थाको आयोजनामा पशु कल्याणमा पत्रकारहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १९ मार्चमा मनाईने पोल्ट्री दिवसको सन्दर्भ पारेर संस्थाले बुधबार काठमाडौंमा यो कार्यक्रम आयोजना गरेको हो । आयोजित कार्यक्रममार्फत् एनिमल नेपालले पशुपक्षी कल्याणको विषयप्रति मिडिया तथा सम्बन्धित निकायको ध्यान नगएकाले अन्तरक्रिया कार्यक्रम गर्नुपरेको गुनासो गरेको हो ।

एनिमल नेपालका कार्यक्रम प्रमुख सुलोचना राणाले आफ्नो संस्थाले काम गर्दै आएको पशु कल्याणका बारेमा मिडियामार्फत् प्रचारप्रसार हुन नसकेकाले उक्त अन्तरक्रिया कार्यक्रम गरेको बताउनुभयो । उहाँले सन् २००९ मा स्थापना भई पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले ‘पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहारअनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन,’ भन्ने पाँच कुराहरूको सुनिश्चित हुनुपर्छ भन्दै आएको बताउनुभयो । मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरिराखेको गुनासो गर्दै प्रमुख राणाले पशुपक्षीको स्वास्थ्य, जीवनका लागि काम गर्दै आएको एनिमल नेपालले विशेष गरी लुम्बिनी, काठमाडौं, ललितपुर, धादिङ, बाँके, कैलालीलगायत जिल्लामा गएर कुकुरहरूको बन्ध्याकरण गर्दै आएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार एनिमल नेपालले पशुपक्षी कल्याणको विषयमा हालसम्म प्रदेश १ र ६ बाहेक सबै प्रदेशमा प्रत्यक्षरूपमा कार्यक्रमहरू गर्दै आएको छ ।

पशुपक्षीहरूलाई झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा लाने गरेको दृश्यबारे गुनासो गर्दै प्रमुख राणाले सबै प्राणीप्रति सद्भावको भावना हुनुपर्ने बताउनुभयो । मान्छेजस्तै पशुपक्षी पनि एउटा जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्यलगायतमा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । हामी गाईवस्तु पाल्दा बाछा जन्मियो भने बाटोमा लगेर फालिदिन्छौं भन्दै उहाँले सरकारले वस्तुभाउका लागि फार्म खोल्ने अधिकार दिएको छ तर त्यसको संरक्षण भने नगरेको बताउनुभयो । प्रमुख राणाका अनुसार एनिमलको अधिकारका लागि वकालत गर्दै आएको एनिमल नेपालले ठाउँ तथा जिल्लाअनुसार फरक–फरक समस्याअनुसार पशु कल्याणको विषयमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

कार्यक्रममा एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले देशमा विद्यमान कानुन तथा नियम र अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको पूर्ण पालना गराउनु राज्यको कर्तव्य भए पनि राज्यबाट पशुपक्षीहरूप्रति कल्याणको काम नभएको गुनासो गर्नुभयो । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, सम्बन्धित नियमावली, ढुवानी मापदण्ड, पशु कल्याण निर्देशिका २०७३, मुलुकी ऐन अपराध संहिता २०७४ ले पशुपक्षीको पालन, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई पालना गराउन सकेमात्र नेपालको पशु कल्याणको अवस्था सुधार हुनेमा उहाँको जोड थियो । उहाँका अनुसार पशु कल्याणसम्बन्धी ऐनका लागि तयार पारिएको मस्यौदालाई सरोकारवालाहरूसँग छलफल गरी यथाशक्य ऐनका रूपमा पारित गराई लागू गर्न सकेमा नेपालले पशुकल्याणको क्षेत्रमा प्रशंसनीय प्रगति हासिल गर्न सक्ने निश्चित छ ।

कार्यक्रममा कार्यकारी निर्देशक जोशीले पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने भन्दै मान्छेमा ६०-७० प्रतिशत रोग पशुपक्षीबाट सर्ने गरेको जानकारी गराउनुभयो । उहाँका अनुसार अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुन्छ । सरकारले मासु तथा अण्डामा नेपाल आत्मनिर्भर बनेको भनेको छ तर पशु कल्याणका बारेमा अध्ययन अनुसन्धान नगरेको तथा मौन बसेको गुनासो जोशीको थियो । उहाँले हाल नेपालमा पशुपक्षी कल्याणसम्बन्धी काम गर्ने ३/४ वटा संस्थामात्रै रहेको जानकारी गराउनुभयो । कार्यकारी निर्देशक जोशीले मानिसहरूले पशुपक्षीप्रति गर्ने निर्दयी व्यवहार निर्मूल पार्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पशुपक्षी कल्याणसम्बन्धी प्रचारप्रसार गर्न उपस्थित पत्रकारसमक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानकी संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उतपादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा साथ दिन सरोकारवाला सबैमा अनुरोध गरेकी थिईन् । उक्त कार्यक्रममा पत्रकारहरुक अलावा संस्थाका तर्फबाट अमिर श्रेष्ठ, रजीता बुढाथोकि, लक्ष्मि घिमिरे, कबिराज ढकाल, एकेन्द्र ठकुल्ला लगायतका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation