दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरु बिचकाे बैठक समपन्न

गोकर्ण पाण्डे, गुल्मी । डिभिजन वन कार्यालय गुल्मीकाे आयाेजनामा रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरुकाे बैठक हाेटल निलगिरि तम्घासमा समपन्न भएको छ। गुल्मी दरबार गाउँपालिका, इश्मा गाउँपालिका,मुसिकाेट नगरपालिका, रेसुङ्गा नगरपालिका भित्र पर्ने सामुदायिक वन, धार्मिक वन का अध्यक्ष र प्रतिनिधि हरुकाे उपस्थिती मा कार्यक्रम सञ्चालन भएको हाे।
कार्यक्रमका सभापति डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत प्रभात सापकोटाले कार्यक्रमकाे बरेमा जानकारि गराउनु भएको थियाे। सापकोटाले २० लाख बजेट लाई विभिन्न शीर्षक मा छुटाइएकाे बताउनु भयाे। गत बर्ष सम्म बजेट कम आएकाे पनि कार्यक्रम बाट बताए ।
रेसुङ्गा वन संरक्षण क्षेत्र कार्ययाेजना बारे पनि जानकारी गराउनु भएको थियाे।उहाँले रेसुङ्गा वन संरक्षण कसरी गर्ने भन्ने बारे जानकारी गराउनु भयाे। वनमा आगाे लाग्नुका मुख्य समस्या बारे प्रष्ट पारे । प्रत्येक वन क्षेत्रमा हाेडिङ बोर्ड राखिने बताउनु भयाे। सापकोटाले वन मा भएका बिरुवा हरु लाई सरक्षण गरेर राख्न सामुदायिक वन धर्मिक वन का अध्यक्ष र प्रतिनिधि हरु लाई आग्रह गर्नु भएकाे छ।
अहिले आएकाे बजेट लाई १ डेढ महिनामा कार्यन्यन नगरे फिर्ता जाने पनि सापकोटाले बताउनु भयाे। अहिले रेसुङ्गा वन क्षेत्रमा ओखर जातका बिरुवा हरु लगाइएकाे सापकोटा ले जानकारी दिनु भयाे।
कार्यक्रममा उठाएका बिभिन्न कुरा हरु मा प्रष्ट समेत पर्नु भएको थियाे। कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, जिल्ला पशु सेवा,विज्ञ केन्द्रका प्रमुख डिल्लीराज मरासिनी,पक्षी सरक्षण सघका परियाेजना अधिकृत भरत पन्थी,सहायक वन अधिकृत रामकुमार चौधरी,फरेस्टर कमल रेग्मी वन रक्षक घनश्याम आचार्य,जगन्नाथ पाण्डे,रेन्जर बाबुराम न्यैपाने,अस्मिता न्यैपाने,अन्नपूर्ण ढकाल,पत्रकार गोकर्ण पाण्डे काे उपस्थिति रहेको थियाे। कार्यक्रमकाे सञ्चालन साहायक वन अधिकृत मुना शर्माले गर्नु भएको थियाे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation