हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

प्रेस चाैतारी राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन

ओमप्रकाश गुप्ता। प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन भएकी छिन् ।

आज प्रेस चाैतारी नेपाल दाङ शाखाले मसुरीयामा आयोजना गरेको सञ्चार सीप सम्वन्धी अभिमुखीकरण कार्यक्रम पश्चात् सो संगठन विस्तार गरिएको हो ।

जसको सचिवमा माधव खनाल चयन भएका छन् । भने सदस्यहरूमा हुमा सुनार, रेश्मा केसी, लक्ष्मण रोका मगर, सुरेश चाैधरी, सागर चाैधरी, शोभा चाैधरी,सैना चाैधरी, लक्ष्मी पोख्रेल, दिलबहादुर पुन मगर, प्रज्वल ज्ञवाली, मनोज चाैधरी र राजन चाैधरी रहेका छन् ।

नव निर्वाचित पदाधिकारीहरूलाई प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेतले सफथ खुवाएका थिए ।

चाैतारी दाङका अध्यक्ष इन्द्र डिसी अध्यक्षता एवम् चाैतारीका केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सत्य तथ्य र निश्पक्ष समाचार प्रकाशन तथा प्रसारण गर्न सुझाव दिएका थिए ।

त्यसै गरि उनीहरूले सञ्चार क्षेत्रको विकासका लागि पत्रकार उत्पादन गर्नुपर्ने सुझाव दिएका थिए । त्यसै गरि उनीहरूले आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा नेकपा एमालेका उम्मेदवारलाई विजय बनाउन जोस जागरका साथ कलम चलाउन पनि आग्रह गरेका छन् ।

चाैतारीका जिल्ला सदस्य विरेन्द्र गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, चाैतारीका लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, नेकपा एमाले राप्ती गाउँपालिका ४ नम्बर वडा कमिटी अध्यक्ष प्रेमबहादुर केसी, पार्टीका सचिवालय सदस्य यमबहादुर चाैधरी, पार्टीका ३ नम्बर वडा कमिटी अध्यक्ष हेमराज भण्डारी,
पार्टीका राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणी न्या‌ैपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चाैतारीकी जिल्ला सदस्य अंशु बोहराले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation