भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

समाजवादी युवा सघंको शिवराज नगर अध्यक्षमा अर्शलान खान

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघको शिवराज नगरपालिका स्तरीय भेला चन्द्रौटामा सम्पन्न भएको छ । भेलाले अर्शलान खानको अध्यक्षतामा ५५ सदस्यीय समाजवादी युवा संघ शिवराज गठन गरिएको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश अध्यक्ष यादवले समाजवादी युवा संघमा संगठित सम्पुर्ण युवाहरुलाई बधाई दिनुभयो । उहाले युवाको काधमा देशको जिम्मेवारी आएको बताउनु भयो । युवाले नै सभ्य समाज निर्माणका लागि काम गर्न सक्ने बताउनु भयो ।

युवाहरुको भेलालाई सम्बोधन गर्दै जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य तथा शिवराज नगर इन्चार्ज रहिश शाहले युवाले चाहे नेतृत्व तहमा कार्य गर्न सक्ने बताउनु भयो ।
शाहले अहिलेको आवश्यकता भनेको युवाहरु अघि बढ्नु राम्रो पक्ष भएको जानकारी दिनुभयो । कार्यक्रम युवा नेता मेनाज खानको अध्यक्षतामा भएको थियो । इर्शाद खान, आनन्द यादव लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

नया निर्वाचित समाजवादी युवासघंका अध्यक्ष अर्शलान खानले युवाको हकहितमा काम गर्ने बताउनु भयो । शिवराज नगर समाजवादी युवा सघंको उपाध्यक्षमा सन्दिप थारु, सुरज प्रसाद यादव, सचिव आनन्द यादव, कोषाध्यक्ष खुबेब खान लगायत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation