हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पल शाहलाई थुनामा पठाउ जिल्ला अदालतको आदेश

काठमाडौं ।
नावालिक गायिकासँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभन देखाएर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै नायक शाहविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । पीडित गायिका र आरोपित शाहले दिएको बयानका आधारमा उनीविरुद्धको कसुर पुष्टि भएको हो ।

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेसँगै पछिल्लो समय चल्तिका नायक शाहको व्यवसायिक करिअरमा धक्का लागेको छ । उनीविरुद्ध जिल्ला नवलपुरमा पनि त्यस्तै प्रकृतिको अर्को मुद्दा परेको छ ।

शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । उनलाई पनि अदातलले जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation