लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

रुपन्देहीमा ९ सय ९२ क्षयरोगी, नियन्त्रणमा खुल्ला सीमा चूनौती

भैरहवा ।
आर्थिक वर्ष २०७८र०७९ को ८ महिना ९फागुनसम्म० रुपन्देहीमा ९ सय ९२ जना नँया क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । चालु बर्षमा फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका छन्।

विश्व क्षयरोग दिवस २०७८ को अवसरमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग सम्बन्धि श्रोत व्यक्ति हुम प्रसाद खनालले जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरमा २ सय ३४ जना क्षयरोगी फेला परेका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा १ सय ३७ सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको जनाए ।

यस्तै ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चवारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेका छन् ।

रुपन्देहीमा क्षयरोगबाट २१ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक बर्षको ८ महिनामा मृत्यु हुनेको संख्या २८ जना पुगेको श्रोत ब्यक्ति खनालले जानकारी दिए । क्षयरोगको उपचारको लागी रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानको लागी ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेका छन् ।

नेपाल सरकारले २०३५ साल सम्ममा प्रति १ लाख जनसंख्यामा १ जना वा सो भन्दा कममा क्षयरोग देखिने र २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखेको छ । सरकारको लक्ष्यलाई भारतसित जोडिएर रहेका तराईका जिल्ला चुनौतीका रुपमा देखिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार सीमापारीबाट पनि क्षयरोगका बिरामीहरु डट्स उपचारको लागी नेपाली स्वास्थ्य चौकीमा आउने गरेका छन् ।
यसरी उपचारका लागी आउने बिरामीहरुले नेपालकै ठेगाना लेखाउने गरेको र पछि नियमित रुपमा औषधी समेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आईरहेको बताए । यस्तै अझै पनि समाजमा क्षयरोग बारे जनचेतनामा कमि रहेको कारण बिरामीहरु खुलेर चेकजाँचको लागी आउन नसकेको बताए ।

यसको लागी स्थानिय तहहरुले समस्या हेरि आफ्नो कार्ययोजना बनाएर यसलाई कार्यान्वयन तर्फ लैजानु पर्ने र सरकारले रणनिति बनाई नेपाल र भारत दुबै देशमा एकै पटक क्षयरोग पहिचान र यसको निदान सम्बन्धि कार्यक्रमहरु बनाउने पर्ने कार्यक्रमका सहभागी पत्रकारहरुले सुझाव दिएका थिए ।

क्षयरोग पहिचानको लागी किड्स भन्ने सेवा प्रदायक संस्था मार्फत रुपन्देहीका १६ वटै पालिकामा पहिचान केन्द्र राखिएको संस्थाले चेकजाँच गरेको मात्र तथ्यांक सार्वजनिक भएको कारण जिल्लामा क्षयरोगीको संख्या अझै बढ्न सक्ने ढकालको अड्कल छ ।

नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ । ६ महिना देखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको छ, तर बिरामी संख्या घटेको छैन । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको स्वास्थ्यकर्मिहरु बताउँछन् ।

क्षयरोगका दुई किसिमका बिरामी हुन्छन् । डिएस ९सामान्य० र डिआर ९गम्भीर० । औषधि खान छुटाउँदा वा औषधिले काम नगरेको अवस्थामा डिएस बिरामी डिआर ९औषधि प्रतिरोधी० मा परिणत हुन्छन् ।

सामान्य क्षयरोगीले कम्तिमा ६ देखि ९ महिनासम्म औषधी खानुपर्छ भने डिआरहरुले कम्तिमा एक वर्षदेखि १८ महिना वा सो भन्दा पनि बढी ।

एक महिना औषधि खाएपछि बिरामीलाई निको भएजस्तो महसुस हुन्छ । बिचमा छोड्दा औषधिले नराम्रो प्रतिक्रिया जनाउँछ । स्वास्थ्य कार्यालय प्रमुख ढकालले भने यसरी डिआर भएका बिरामी झन् बढी संक्रामक हुन्छन् । उनीहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । क्षयरोगका डिआर बिरामीले चार वर्षसम्म नियमित औषधी खानु पर्ने उनले बताए ।

लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सकृय क्षयरोगका लक्षणहरू हुन् । अन्य अङ्गहरूको संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन् । यो रोग लागेपछि मानिसको तौल घट्दै जाने हुनाले यसलाई पहिले अङ्ग्रेजीमा कन्जम्प्सन र त्यसकै समानार्थी शब्दको रूपमा नेपालीमा क्षयरोग राखिएको हो ।

सकृय क्षयरोगको पहिचान गर्न रेडियोलोजी साधारणतया छातिको एक्सरे, सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान माइक्रो बायोलोजिकल कल्चर गर्ने गरिन्छ । त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट टिएसटी र÷वा रगत परीक्षण गरेर निष्कृय क्षयरोगको पहिचान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation