हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगाे निभाउन काठमाडौबाट हेलिकप्टर आउँदै

सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर आउने भएको छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सिम्रिक एअरको हेलिकप्टर काठमाडौबाट उडेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सिम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो ।

पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरिसकेकाले आगाे निभाउन हेलिकप्टरको विकल्प नभएको उपाध्यक्ष शेर्पाले बताउनुभयो ।

आगलागीका कारण धुवाँले विमानस्थलको धावनमार्ग ढाक्दा बिहान झण्डै १ घण्टा उडान तथा अवतरण नै ठप्प भएको नगारिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो । आगलागीको कारण पत्ता लाग्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation