


अर्घाखाँची ।
अर्घाखाँची जिल्ला प्रशासन कार्यलले इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ । यही आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ अर्घाखाँची जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो ।
बुधवार प्रशासनले एक सूचना जारी गर्दै १५ दिन भित्र आआफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको छ ।
यदि बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्तिलाई नै बुझाउने बताइएको छ ।
निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ।