


जितपुुर ।
बाणगंगा नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको आयोजना तथा नेपाल पत्राकार महासंघ कपिलवस्तुको सहजिकरणमा बोडगाँउमा सम्पन्न भएको छ ।
नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सेवाग्राहिहरुबाट आएको जिज्ञासा,गुनासो र सुझाब लाइ आ–आफ्नो शाखा सगं सम्वन्धित बिषयवस्तुहरुमा सम्वन्धित शाखा प्रमुख तथा प्रतिनिधिहरुले स्पष्ट पार्ने कार्य भएको थियो । त्यसै गरी कतिपय सुझावहरुलाई मनन् गरि आगामि दिनमा सच्याँउदै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।