


कृष्ण पौडेल विजयनगर ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । बिजयनगर गाउपालिकाको सहयोग तथा बिजयनगर युबा क्लबको आयोजनामा आज बाट अध्यक्ष कप प्रतियोगिता सुरु भएको हो ।
बिजयनगर गाउँपालिका अध्यक्ष थापाले प्रतियोगिताको उद्वाट्न गर्दै खेल अनुशासन पुर्बक खेल्न आग्रह गर्नु भयो । खेलकुदको माघ्यम बाट गाउँपालिकालाइ राष्ट्रमा चिनाउन मद्दत पुग्ने भएको खेलकुदका लागि हरेक बर्ष गाउँपालिकाले बजेट बिनियोजन गरि खेलकुदलाई प्रोत्साहन गर्दै आएको बताउनु भयो । खेलले ब्यतिलाइ अनुशासन सगै सामुहिक एकता सिकाउने भएकोले युवाहरु खेलकुद तर्फ आकर्सित गर्नु पर्ने अध्यन थापाले बताउनु भयो । शारीरिक तन्दुरुस्तीका लागि पनि खेलकुद अनिवार्य भएको उहाले बताउनु भयो ।
नेकपा एमाले केन्द्रिय सल्लाहकार मङल प्रसाद गुप्ताले खेलको माध्यमले देशलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन सकिने हुँदा हरेक स्थानिय तहले खेलकुदलाइ प्राथमिकतामा राखी प्रतियोगिता सन्चालन गर्नु पर्ने बताउनु भयो । खेलमा सहभागी हुने खेलाडी भोलि रास्टृय स्तरको खेलाडी बन्न सक्ने बताउदै उहाले हरेक खेलाडिले नियम पुर्बक खेल खेल्नु पर्ने बताउनु भयो ।
रास्ट्रकालागी खेलकुद स्वास्थका लागि खेलकुद नारा नै भएको गाउँपालिकाले खेलकुदलाइ प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।
अध्यक्ष कपको उद्घाटनमा बोल्दै जनता समाजबादी पार्टीका जिल्ला समन्वय समिती उपाध्यक्ष रामनिवास पुरिले खेलाडीहरुलाइ शुभकामना दिदै गाउँपालिकाका खेलाडीहरुलाइ पालिकाले उपेक्षा नगरी खेलकुदका सामाग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
खेलाडीलाई खेलको नियमानुसार अनुशासित पुर्बक खेल प्रदर्शन गर्न आयोजक बिजयनगर युवा क्लबका अध्यक्ष दिपेन्द्र महाराले आग्रह गर्नु भयो । गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिदै बजेट बिनियोजन गरेर खेलाडीलाई हौसला प्रदान गरेको महराले गाउँपालिका धन्यवाद समेत दिनु भयो ।
बिजयनगर युवा क्लबका अध्यक्ष दिपेन्द्र महराको अध्यक्षता रहेको गाउँपालिका अध्यक्ष कप उद्घाटन कार्यक्रममा गाउपालिका अध्यन गोपाल थापाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी , एमाले केन्द्रिय सल्लाहकार मगल प्रसाद गुप्ता , जसपा जिल्ला उपाध्यक्ष रामनिवास पुरी ,नेकपा एमाले गाउपालिका अध्यक्ष थर्क बहादुर खनगा, गाउँपालिका कार्यापालिका सदस्य दमन्ती सरा राना, सन्तोष तिवारी लगायतले प्रतियोगितामा सहभागी टिमलाइ शुभकामना दिएका थिए । कार्यक्रम रामु लोहारले सन्चालन गरेका थिए ।