दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा देवकोटा निर्वाचित

सुुसील कुुवर, रुपन्देही ।
नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटालाई निर्वाचित गरेको छ । बिहीबार बुटवलमा भएको खेलकुद महासंघको प्रथम अधिवेशनले देवाकोटाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

महासंघमा बाँकेका चन्द्रप्रसाद श्रेष्ठ र प्युठानकी नारायणी जिसी उपाध्यक्ष निर्वाचित भएका छन् । दाङका दिनेश आचार्य सचिव चयन भएका छन् भने गुल्मीका प्रेम भण्डारी र अर्घाखाँचीका केपी भट्टराई उपसचिव निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत ९पर्शुराम०ले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

अधिवेशनका प्रमुख अतिथि समेत रहेका बस्नेतले खेलकुद महासंघले पछिल्लो समय नेपालभर खेल क्षेत्रका लागि नयाँ आशाको सन्चार गरेको भन्दै यसलाई लुम्बिनी प्रदेशमा पनि कायम राख्नु पर्ने बताए । ‘लुम्बिनी प्रदेश खेल पर्यटनका लागि अन्तर्राष्ट्रिय गन्तव्यसमेत बन्न सक्छ,’ बस्नेतले भनेका थिए । उनले अब खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेलकर्मीहरुका लागि खेलकुद महासंघ आशा र भरोसाको केन्द्र हुने अन्तर्राष्ट्रिय रुपमा नेपालको झन्ठा फहराउने यो क्षेत्रको विकासका लागि आफूहरु लाग्ने पनि बताए ।

लुम्बिनी प्रदेश प्रथम अधिवेशनमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजराज श्रेष्ठ, जनसंगठन संयन्त्र प्रमुख पुरन गुरुङ, महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल, महासंघका नेताहरु भीम ओली, रामकृष्ण खड्का, प्रनिर अधिकारी, शान्तामाया परियार, कपिल न्यौपाने, उमेश केसीलगायतको पनि सहभागिता थियो ।

अधिवेशनले विशेष प्रस्तावसहित प्रदेशका १२ वटै जिल्लाको अधिवेशन ५ वैशाखभित्र सम्पन्न गर्ने र महासंघलाई पनि स्थानीय तहको निर्वाचनका लागि परिचालित गर्ने घोषणासमेत गरेको छ ।

नेपाल खेलकुद महासंघले यसअघि उपत्यका विशेष प्रदेशसहित ६ प्रदेशमा अधिवेशन सकिसकेको छ । अब महासंघको गण्डकी प्रदेश अधिवेशन १९ चैतमा हुँदैछ । यसअघि महासंघले विभिन्न विभागको जिम्मेवारी तोक्नुका साथै २७ वटा राष्ट्रिय खेल संघ निर्माण गर्दै त्यसमा नेतृत्वसमेत तोकेको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation