भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

परिवार नियोजनको भ्रम चिर्न खुसहाल स्वास्थ्य कार्यक्रम

कपिलवस्तु ।
सवै समुदायको सकारात्मक सोच र व्यवहारले मात्र समाज रुपान्तरण हुने कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । मुस्लिम धार्मिक अगुवा र सरोकारवालाबीच मंगलबार खुसहाल स्वास्थ्य परिवार सम्बन्धी आयोजित अभिमुखीकरणमा सो कुरा बताएका हुन् ।

मुस्लिम समुदायको बाहुल्यता भएको कपिलवस्तु जिल्लामा केही वर्षदेखि खुसहाल स्वास्थ्य परिवार कार्यक्रम संचालन भएपछि मुस्लिम समुदायमा सकारात्मक परिवर्तनहरु देखिएको धार्मिक गुरुहरुले बताएका छन् ।

पहिलो कुरा हामी सवैको सोचाईमा परिवर्तन ल्याउनुपर्दछ, नियाज अहमद मुसलमानले भन्नुभयो, फेमिली प्लानिङ्ग भन्दा मुस्लिम समुदायमा नकारात्मक सोच विकास हुन्छ । परिवार नियोजन भनेको परिवार योजना हो, नियोजन होइन उहाँले भन्नुभयो, वास्तविक अर्थ मुस्लिम समुदायलाई बुझाउन जरुरी छ । परिवार योजना भनेको जन्मान्तर बच्चा कहिले जन्माउने गर्भवस्था र स्वास्थ्य जाँच, बच्चा र आमाको स्वास्थ्य सुरक्षा, सरकारी सेवा सुविधा, किशोर किशोरीमा शिक्षा दिएर मुस्लिम समुदायमा परिवर्तन ल्याउन सकिन्छ ।

परिवार नियोजन धर्ममा छैन, परिवार योजना धर्ममा छ, मौलाना नियाजले भन्नुभयो, यसको गलत प्रचार प्रसार भएको छ । परिवार योजनाको बारेमा मुस्लिम समुदायलाई बुझाउनुपर्दछ । कतिपय मुस्लिम समुदाय परिवार नियोजनको भ्रम चिर्न जरुरी छ । पाठ्यक्रममै परिवर्तन गरेर परिवार नियोजन होइनकी परिवार योजना भनेर सिकाउनुपर्दछ । ४।५ वर्षदेखि हामी लडिरहेका छौं, इस्लाम धर्ममा परिवार योजनाको बारेमा धेरै कुरा बोलेको छ, मौलाना नियाजले भन्नुभयो । राम्रा अभ्यासहरु धर्ममा उल्लेख छ ।

कार्यक्रममा डा। अब्दुल गनी अल्कुफीले धार्मिक शिक्षाले मुस्लिम समुदायका महिलालाई धेरै माथी स्थान दिएको बताउनुभयो । धार्मिक मुल्यमान्यता कुनै समुदायको विरुद्धमा छैन, सवैको हित र रक्षा गर्दछ । कार्यक्रममा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले मुस्लिम समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा बढि ध्यान दिनुपर्ने बताउनुभयो ।

मशहुद नेपालीले मुस्लिम समुदायलाई तालिम, शिक्षा आवश्यक भएको बताउनुभयो । उहाँले मदरसा शिक्षाको मुल प्रवाहीकरणमा आफु धेरै वर्षदेखि लडिरहेको बताउदै सरकारी स्कुल सरह मदरसा स्कुलले सहयोग पाउन थालेको जानकारी दिनुभयो ।

कार्यक्रममा मेरि स्टोभस तौलिहवामा प्रमुख मनिराम पाण्डेले खुसहाल स्वास्थ्य कार्यक्रमबाट मुस्मिल समुदायमा धेरै परिवर्तनहरु आउन थालेको छ । उहाँले खुसहाल स्वास्थ्य परिवार कार्यक्रमबाट व्यवस्थित परिवार भई स्वास्थ्य र विकासको आधार तयार हुने भएकाले मुस्लिम समुदायमा चेतना दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरे, नीति सल्लाहकार पोमनारायण पौडेलले कपिलवस्तु लगाएत लुम्बिनी प्रदेशमा मुस्लिम समुदायमा स्वास्थ्य प्रति सचेतना ल्याउन खुसहाल स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा युएनएफपीए कपिलवस्तुका अधिकृत चित्र महतोले खुसहाल स्वास्थ्य परिवार कार्यक्रमलाई सघन रुपमा संचालन गरेर खुशी परिवार बनाउने तर्फ मुस्लिम समुदायका अगुवा तथा सरोकारवालासंग सहकार्य गरेर कार्यक्रम अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा मुस्लिम जागरुक मंचका अध्यक्ष मेराज खाँनले खुसहाल स्वास्थ्य परिवार कार्यक्रममा महत्वपूर्ण छलफलले समुदायमा परिवर्तन आाउने बताउनुभयो । उहाँले जीवनमा खुशी ल्याउने योजना खुसहाल स्वास्थ्य कार्यक्रम मार्फत मुस्लिम धार्मिक अगुवा तथा सरोकारवालाको प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मुस्लिम समुदायमा एक हजार सुनौला दिन, पोषणयुक्त खाना, जन्मान्तर, आर्थिक, सामाजिक र मानसिक विकास जस्ता विषयमा सचेतना आवश्यक भएको बताइएको छ । मिडिया, सरकारी निकाय, सामाजिक संघसंस्थाहरुले कुनैपनि कार्यक्रम समुदायमा संचालन गर्दा सम्वन्धित समुदायको मूल्यमान्यता र सहभागीतालाई ध्यान दिनुपर्ने समेत सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation