दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

अर्घाखाँची छत्रदेवका २८ बर्षिय युवाद्धारा स्थानीय चुनावको वडा अध्यक्ष पदम उमेदवारी घोषणा

जितपुुर ।
अर्घाखाँची मा २८ बर्षिय एक युवाले आगामी स्थानीय चुनावमा वडा अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

छत्रदेव ८ का स्थानीय सचिन पाण्डेले आउदो स्थानीय चुनावमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय देखि काठमाडौंमा रहेर नेपाल तरुणदलबाट राजनीति गर्दै आएका युवा पाण्डे समाजसेवामार्फत स्थानीय तवरमा लोकप्रिय मानिन्छन् । आउदो चुनावबाट “जनताकै साथमा रहेर जनताको सेवा गर्ने” भन्दै उनले उक्त उमेदवारी दिने बताए ।

उनले सामाजिक सन्जालमा “जनताले आफुलाई वडाको नेतृत्व गरि जनताको सेवा गर्न गरेको आग्रहलाई यसपालि इन्कार गर्न नसकेको ” भन्दै अघि बढेको उल्लेख गरेका छन् ।

कोरोना महामारीको समयमा ठूलो जाखिम मोलेर जनताको सेवामा खटिएका उनले जिल्लाबासीको सुरक्षाका लागि विभिन्न संघसंस्थालाई अनुरोध गर्दै अर्घाखाँचीका धेरै जसो स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लगायत सेनिटाईजर मास्क लगायत सामाग्री पुराएका थिए।
युवा समाजसेवी पाण्डेको उम्मेदवारी घोषणाले छत्रदेव ८ मा फेरि एकपटक नयाँ तरङ्ग पैदा गरिदिएको छ ।

हामीसँगको कुराकानीमा पाण्डेले “आफू सधै जनताको दुख सुखमा साथ दिएकोले र जनता संगै हातेमालो गरेकोले आफुलाइ सबैले मतदान गरि जनताको सेवा गर्ने अबसर प्रदान गर्ने “ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation