हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

चिनियाँ विदेशमन्त्री वाङ यी आज आउँदै

काठमाडौँ ।
चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल उत्रँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङले गर्न लागेको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच भएका पुराना सम्झौतालाई कार्यान्वयनको तहमा लान करिब एक दर्जन विषयमा सम्झौता गर्ने गृहकार्य भइरहेको छ । सम्झौता गर्ने विषयमा नेपालस्थित दूतावाससँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गतका परियोजना अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ गर्न आग्रह गरेको छ । नेपालले त्यस विषयमा बिहीबार बेलुकीसम्म कुनै निर्णय नगरेको स्रोतको भनाइ छ ।

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म त्यसबाट कुनै लाभ लिन सकेको छैन । बीआरआई अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ अत्यन्तै महत्त्वपूर्ण रहेको चिनियाँ दूतावासका एक अधिकारीले बताए ।

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । उनले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

संघीय संसद्बाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता अनुमोदन गरेको एक महिनाभित्रै चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation