हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अब सहकारीकाे पनि एटीएम कार्ड

 

 

काठमाडौं – सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् ।

आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतरत्न राज बज्राचार्यले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरूले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने छन् । कुप कार्ड ग्लोबल आईएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीले जारी गर्नेछन् ।

सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारका लागि बैंक गइरहनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरूलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation