हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेपाली समाजमा एमालेमा प्रवेश गर्ने लहर चल्यो

नेपाली समाजमा अहिले एमालेमा प्रवेश गर्ने लहर चलेको छ। एमाले समाजवादी पाट्री हो । उसमा अत्यान्तै मानवतावादी चिन्तन र सोच थियो र हुनुपर्दछ। यसकै कारण अशिक्षित र पछौटेपनबाट ग्रस्त समाजमा धेरै वर्ष जात मान्दैन धर्म मान्दैन भन्दै सत्तामा पुग्नबाट बन्चित पारिएको थियो।

जब सत्तामा पुग्यो देश र जनताका निम्ति देशको अर्थले भ्याएसम्म निकै जनवादी कार्य गर्यो। यसभीत्र पसेर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नेलाई समयमा पहिचान गर्न नसकेका कमजोरी पनि नभएका होइनन्। जे होस् पहिला एमालेको सदस्यता प्राप्त गर्न भातृसंगठनमा २ बर्ष काम गरेको नैतिकवान, अनुशासित, जनप्रेमी लगनशील हुनुपर्थ्यो। हाल सजिलै प्रवेशको काम भैरहेकोछ। कम्तिमा प्रवेश गर्ने कमरेडहरुले आफ्नो पाट्री समयमा चिन्नु भयो । उहॅाहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु।

समाजवादीका न्यनतम चरित्रहरुमा मानवीयतालाई वीना सर्त स्वीकार्ने, समाजप्रति दायित्वबोध गर्ने, कसैको शोषण दुरुपयोगमा र भ्रष्टचारमा संलग्न नहुने र यस्ता कार्यको समर्थन नगर्ने यस्ता गतिबिधको बिरोध गरिरहने, शारिरीक वा मानसीक परिश्रम गरेर बाच्ने, असाह्य र बृद्दहरुलाई सहयोग र माया गर्ने, जातपात, धर्म, रंग,धनि गरीव, पद पेशा र लिंगको आधारमा भेदभाव नगर्ने, पक्षपात नगर्ने,सामाजिक न्यायका निम्ति सक्रिय रहने, समाजका समस्याप्रति गम्भीर हुने र समाधानका लागि जनसहभागितालाई जोड दिने र सबैसॅग सहकार्य गर्ने, पारदर्शिता अपनाउने, विकृति विसंगति र अन्धविस्वासको अन्त्यका निम्ति पहल गरिरहने, मानव अधिकारको संरक्षणको सुनिश्चितताको लागि पहल गर्ने, साधा जीवन सैली अपनाउने, स्वस्थ्य, शान्ति, सुरक्षित समाज निर्माणमा लगनशील भएर एकतावध्द हुने, पाट्री भीत्रका असंतुष्टिहरु पाट्रीमा राखी समाधान खोज्ने, जन विरोधी गतिविधीको विरोध गर्ने, समस्या समाधानमा समाजको स्रोतको पहिचान र प्रयोग गर्ने, सुरक्षा निकाय, जनप्रतिनिधि र प्रशासन यंत्रसॅग सहयोग र सेवाकालागि सहकार्य गर्ने जस्ता कुरा पर्दछन् । यसमा हामी सबै सचेत र सक्रिय हुने अपेक्षा गर्दछु।
कोमल पौडेल
हाल फिनल्यान्ड

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation