वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

उपचारका लागि वर्षमान पुन चीन जाँदै

काठमाडौं ।
माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि आज चीन जाँदैछन्। पुन कार्गो विमानमार्फत पूर्वसभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ। पुन दम्पतीसँगै उनको नियमित उपचारमा संलग्न डा। रोशन पोखरेल पनि चीन जाँदैछन्।

पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए। जण्डिसको मात्रा बिलुरुबिन अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो।

दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो।

स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए। स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन्।

स्वास्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने भए पनि पुनको शरीरमा उक्त मात्रा अत्याधिक छ। पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation