


हिजो सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटी को तेस्रो पुर्ण बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दिएको विशेष निर्देशन
१) पार्टी कार्यक्रमहरुमा आसन ग्रहणको लोभ नगरौं, वक्ता घटाऔं र मञ्चमा वक्ताहरू मात्रै राखौं ।
२) सकेसम्म स्थानीय फूल प्रयोग गरौं, खादाको तमासा नगरौं र खर्च घटाएर परिणाममा जोड दिउँ ।
३) नेता खोपीको देवता र हाकिम होईन,पार्टी कामका सहजकर्ता हुन् संगै परिचालन गरौं ।
४) आपसमा नबोल्ने र कुरा काट्ने होईन, मित्रता गरौं र विगतका तिता कुराहरू बिर्सियौं ।
५) सरल जीवनशैली अपनाऔं, अध्ययन बढाऔं ।
६) सकारात्मक सोचौं, मस्तिष्क सफा राखौं ।
७) मान्छेको मन जित्नुको साथै दुखमा पुग्नु ।