हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नयाँ बर्षमा सु–स्वास्थ्यको सन्देश दिँदै प्राङ्गारिक मेला आयोजना हुने

काठमाडौं ।
नयाँ बर्षकै अवसरमा खाद्य शुद्धिकरण, मानवीय जीवनशैली एवं सु–स्वास्थ्य र दीर्घायु एवं सम्बन्धमा चेतना जगाउने उद्देश्यले प्राङ्गारिक कृषि मेला आयोजना हुने भएको छ ।

प्राङ्गारिक खेतीलाई प्रवद्धन गर्ने एवं प्राकृतिक स्वस्थवर्द्धक वस्तुको उपयोगलाई प्रवरद्धन गर्ने योजना बमोजिम विगत लामो समय देखि सञ्चालन हुँदै आएको प्राङ्गारिक कृषि मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको हो ।

पाँचौ संस्करणको रुपमा आयोजना हुन लागेको उक्त मेला पाटन सङ्ग्राहलय परिसरमा बैशाख १ देखि ४ गते सम्म सञ्चालन हुनेछ ।

अर्गानिक एसोसिएसन नेपाल र कञ्चनजङ्गा टि स्टेटको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको उक्त मेलामा नेपाल सरकार अन्तरगत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र ९त्भ्एऋ० को समेत सहकार्य रहनेछ ।

यसैगरी नेपाल महर्षि वैदिक फाउण्डेसन, सांग्रिला एग्रो वल्र्ड, बास्कोटा ग्रुप अफ इन्डष्ट्रिज, केटिई फाउण्डेसन लगायतका संस्थाहरुको अलावा अन्य विभिन्न उत्पादनमूलक गतिविधिमा संलग्न कम्पनीहरुको पनि मेलामा सहभागिता रहने मेलाकी संयोजक एवं कञ्चनजंगा टि स्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा ९कोइराला०ले बताउनुभयो । मेलामा प्रवेश निःशुल्क रहेको र चिया, कफी, तरकारी, डेरी, हर्बल उत्पादन, मह, तेल, प्राङ्गारिक मल लगायतका विभिन्न जैविक उत्पादनहरुका ५० भन्दा बढी स्टल रहने समेत संयोजक कोइरालाले बताउनुभयो ।

मेला सम्बन्धमा जानकारी गराउने उद्देश्यले रिपोर्टस् क्लबमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्गानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक प्रकाश बास्कोटाले प्राङ्गारिक खाद्यवस्तु मानवीय स्वास्थ्यको लागि अपरिहार्य रहेको बताउनुभयो । साथै उहाँले उपस्थित सबैले आफ्नो जीवनशैली बदलेर स्वस्थ र सुसंस्कृत समाज निर्माणमा योगदान पु¥याउन समेत आग्रह गर्नुभयो ।

लामो समय देखि नेपालमा रही वैदिक उत्पादन एवं आध्यात्मिक सामाजिक गतिविधिमा क्रियाशिल रहँदै आउनुभएका बास्कोटा आफूहरुको मुख्य उद्देश्य सिङ्गो नेपाललाई नै रामराज्य सरह विकसित गर्ने रहेको बताउँदै आउनुभएको छ । जहाँ सबैको सम्मान हुन सकोस् । सबैको अस्तित्व कायम रहन सकोस् । दिगो शान्ति र समृद्धि कायम हुन सकोस् । अहिलेको परिवेशमा वातावरण, जलवायु, जडिबुटी एवं जमीनको यथोचित संरक्षण तथा उपयोग एवं खाद्य शुद्धिकरण र जीवनशैलीको परिवर्तनबाट मात्र हामीले अपेक्षा गरेबमोजिमको भित्री शान्ति र बाह्य प्रगति सम्भव रहने अध्यक्ष बास्कोटाको धारणा छ ।

नेपाल आफैंमा पौराणिक कालदेखि नै वैदिक भूमिको रुपमा रहँदै आएको हुनाले यसलाई आफ्नै वास्तविक गुण र स्वरुपमा फर्काउनसके हामीले अपेक्षा गरेबमोजिमको प्राकृतिक वस्तु उत्पादन गर्न सकिने र सबै स्वस्थ रहन सकिने बास्कोटा बताउनुहुन्छ ।

बढ्दो जनसङ्ख्या, शहरीकरण, उत्पादकत्व बढाउने होडबाजी, नवविकसित प्रविधिसँगै छिटो लाभ हासिल गर्ने अपेक्षा लगायत विभिन्न पक्षहरुलाई लक्षित गरी खाद्यान्न उत्पादनको क्रममा प्रयोग गरिने विषादी, रासायनिक मल, हाइव्रिड बिऊविजन, जलवायु परिवर्तन लगायतले अहिले दिनानुदिन खाद्य पदार्थ समेत अस्वस्थकर बन्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव मानवीय स्वास्थ्यमा देखिँदै गएको परिस्थितिमा विषादी न्यूनीकरण सबै सरोकारवाला निकायहरुको सरोकारको विषय बन्नुपर्ने आवश्यकता छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation