हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

फागुनमा झनै घट्यो विदेशिने नेपालीको संख्या

काठमाडौं ।
गत फागुन महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या झनै घटेको छ । माघमा भन्दा माघमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या १ हजारले घटेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका छन् । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो । फागुनमा दैनिक औसत १ सय ७८१ जना श्रमिक विदेश गएका छन् ।

बितेको फागुन महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार ५२० जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए ।

गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।

नेपालमा महामारीको तेस्रो लहरले माघ महिनामा यसरी विदेशिने श्रमिकको संख्या घटेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस महिनापछि संख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत्रत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या अझै बढ्ने अनुमान छ ।

विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए ।

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation