हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रुपन्देहीमा ४ लाख बढीको ट्यूब बरामद

भैरहवा ।
इलाका प्रहरी कार्यालय धकधइले स्विमिङ पूलहरुमा पौडी खेल्दा प्रयोग हुने ट्यूबबरामद गरेको छ । शुक्रबार राति नियमित चेकजाँचको क्रममा इलाका प्रहरी धकधइका प्रमुख प्रहरी नायब निरिक्षक कृष्ण बेल्वासेको कमाण्डमा खटिएको टोलिले धकधइ चोकबाट करिब साढे ४ लाख मूल्य बराबरको १ सय २२ थान ट्युब र त्यसमा हावा भर्न प्रयोग हुने पम्प २९ थान बरामद गरेको छ

नेपाल भारतको सीमानाका भगवानपुरबाट पत्थरकट्टा समुदायका ब्यक्तिहरु प्रयोग गरि उक्त ट्युब अवैध तरिकाले नेपाल भित्राइएको सइ कृष्ण बेलवासेले बताए । उनले प्रहरीलाइ देखेर समान ल्याउनेहरु समान छोडेर भागेको बताए । बेलवासेका अनुसार इप्रका धकधइले यस अघि विभिन्न मितिमा गरि अवैध तरिकाले नदिजन्य पदार्थ उत्खनन् एवम ढुवानीमा प्रयोग हुने ट्रयाक्टर तथा हाइवाहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको थियो ।

इप्रका धकधइ अन्तरगत पर्ने सीमा नाकाहरुमा रातीको समयमा अवैध कारोबार एवम ओसार पोसार गर्ने ब्यक्तिहरु सक्रिय हुन खोजेको कारण प्रहरीले पनि नियमित एवम आकास्मिक गस्ती तथा चेकजाँचमा तिव्रता दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation