हरि आचार्य, कपिलवस्तु
त्रिभुवन विश्व विद्यालयले आसन्न चैत ५ गते देशैभरका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनको समय तोकेको छ । जस अनुसार विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको माझमा गई निर्वाचनको प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

सोहि क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। ८ लौगाई स्थित बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको एक्लै निर्वाचनमा उत्रीएको छ । हरेक विद्यार्थीहरुका समस्याहरु औल्याउँदै सबै विद्यार्थीहरुको हक हितका लागि अनेरास्ववियु प्यानललाई विजयी गराउन आग्रह गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी सभापति समेत रहनुभएका बिकास भट्टराई अनेरास्ववियुको तर्फबाट बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु सभापतिको उम्मेद्धवारको रुपमा निर्वाचनमा होमिनुभएको छ । सचिव पदमा शिव शर्मा (शिशिर), कोषाध्यक्ष पदमा सुरक्षा पाण्डेको उम्मेद्वारी रहेको छ ।

त्यस्तै सदस्यहरुमा प्रभाकर वि.सी., निर्मला सुनार (निशा), सुमित गिरी, कविता थारु, अस्मिता गिरी, गंगाराम अधिकारी (एलिस) र खगिशरा जिसीको उम्मेद्वारी रहेको छ । यता समानुपातिक तर्फ साकार भण्डारी, मधु आचार्य, प्रदिप पौडेल, जिज्ञासा पौडेल, अस्निता अधिकारी, सपना पोख्रेल, शिल्पा बि.क., शर्मिला बेल्बासे, किरण भण्डारी र अम्बिका पौडेलको उम्मेद्वारी रहेको छ ।

क्याम्पसको स्ववियु सभापतिको उम्मेद्वार भट्टराईले लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिनुहुन्छ । क्याम्पसको शैक्षिक गुणस्तर र विद्यार्थीहरुका हरेक समस्यमा साथ दिनका लागि अनेरास्ववियु निर्वाचनमा आएको सभापति पदका उम्मेद्वार भट्टराईले बताउनुभयो ।

विगत देखि वर्तमान, विद्यार्थीहरुको सान, गौरवशाली संगठन, अनेरास्ववियुमा मतदान भन्ने मुल नाराका साथ विद्यार्थीहरुको सुख दुःखमा निरन्तर साथ दिई हक अधिकारका लागि सदैव एकजुट हुने प्रतिवद्धताका साथ बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियु निर्वाचनमा होमिएको छ ।