वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

प्रकाशमान : कम्युनिस्टहरूको द्वैध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तियो

काठमाडौं

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्। ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत शनिबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरूका कारण जनतामा निराशा छाएको बताए ।

नेता सिंहले नेपालका कम्युनिस्टहरूको द्वैध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको आरोप लगाए। काँग्रेस मात्रै स्पष्ट अडानवाला पार्टी भएको दाबी उनले गरे।

काँग्रेसले लिएको नीति र अडानकै कारण आजसम्म हरेक राजनीतिक आन्दोलन सफल भएको जिकिर उनले गरे। सत्ता र शक्तिमा रहेकाहरूले देशको हितलाई ध्यानमा राखेर काम गरे नागरिकको अपेक्षाअनुसार समृद्धि प्राप्त नेता सिंहले बताए ।

गठबन्धनको विरोध गर्नेहरूलाई उनले कुन परिस्थितिमा गठबन्धन बन्यो भन्ने वास्तविकता नबिर्सन आग्रह गरे । स्थानीय तहका निर्वाचनमा गठबन्धन के गर्ने भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकले कार्यकर्ता, काँग्रेसका शुभचिन्तकका सुझाव र मुलुकको आवश्यकतालाई ध्यान दिएर उपयुक्त निर्णय गर्ने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation